जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ देखि सबै सेवा सुचारु गर्ने

२०७८ माघ २९ गते, शनिबार

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ गतेदेखि नियमित रुपमा सबै सेवा सुचारु हुने भएको छ ।

सो जिल्लामा बार अनुसार सेवा भोली आइतबारदेखि हटाउने भएको हो । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु गत माघ ६ गतेदेखि बार अनुसार आलोपालो गरी सेवा प्रदान गर्दै आएको थियो ।

तर अहिले कोभिड १९को जोखिम केही कम भएकाले फागुन १ गतेदेखि नियमित सेवा प्रदान गर्ने प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सो जिल्लाका ६ वटा पालिकामा नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, लगायतका सेवाहरु बार अनुसार प्रदान गरिंदै आएको थियो । अब सबै हटाएर नियमित सेवा प्रवाह गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

त्यस्तै मठमन्दिर, मस्जिद गुम्बा चर्च लगायतका धार्मिकस्थलहरु,खेलकुद ,गोष्टी ,सेमिनार ,समिक्षा बैठक,होटल तथा ब्यवसाय पनि नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पालना गरी संचालन हुने भएका छन ।

271 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal