भोलिबाट सिनेमा हल खुल्ला हुने

२०७८ माघ २९ गते, शनिबार

काठमाडौं । बन्द भएका सिनेमा हलहरू भोलि आइतबारबाट खुल्ला हुने भएका छन् ।

कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हल फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले फागुन १ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् ।

भोलि दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुनेछन् ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal