नारायणगढ–बुटवल सडक आयोजनाका पदाधिकारीमाथि छानबिन गर्न समितिको निर्देशन

२०७८ माघ २९ गते, शनिबार

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडकको दुवै प्याकेजमा गलत आंकडा पेस गर्ने पदाधिकारीमाथि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

नारायणगढ–बुटवल सडक र मदन भण्डारी राजमार्गको वर्तमान अवस्थाबारे शुक्रबार आयोजित छलफलका क्रममा स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख भएभन्दा क्रमश: ५ सय ७६ प्रतिशत र ४ सय ४० प्रतिशत रुखहरु काटिनु परेकोले आयोजनाको काममा ढिलाई भएको भन्ने तथ्य पेस गरिएको छ । उक्त अवस्थामा आयोजनाको काम प्रभावित हुने भनेर गलत आंकडा पेस गर्ने र यो कार्यलाई स्वीकृत गर्ने जिम्मेवार पदाधिकारीमाथि छानबिन गर्न समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले देशको दुरगामी महत्व राख्ने राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रियस्तरका आयोजनाहरु निर्धारित समयमा सम्पन्न गर्न समयमै भुक्तानी नहुने समस्या रहेको बताइन् । यस्तो समस्याले आयोजनाको काम नै प्रभावित भएको देखिएकाले भुक्तानी समस्या अन्त्य हुनेगरी बजेट व्यवस्थापन गर्न र निर्माण सामग्री सहज उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक, अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोगलाई समितिले निर्देशनसमेत दिइएको छ ।

282 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal