सर्वदलीय बैठकको बीचबाटै बाहिरिए उपेन्द्र यादव

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सर्वदलीय बैठकबाट बाहिरिएका छन् ।

सिंहदरबारस्थित संसद् सचिवालयको अर्थ समितिको हलमा बैठक जारी छ । तर, यादव भने बैठकको बीचबाटै बाहिरिएका छन् ।

उनले बैठकमा एमसीसीबारे केही धारणा नराखेको छोटो प्रतिक्रिया दिए । “एमसीसीबारे केही धारणा राखिनँ । सबै समस्याको समाधान राष्ट्रिय सहमतिबाट खोजौँ भनेको छु,” बैठकबाट बाहिरिने क्रममा उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको अविश्वास प्रताव, संसद्को अवरोधलगायतका विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक आह्वान गरेका थिए । तर, बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित छ ।

279 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal