एकैदिन प्रतितोला बाह्र सयले बढ्यो सुन

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार २००ले बढेर ९६ हजार ७०० पुगेको छ। फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ।

165 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal