देउवाको आग्रह प्रचण्ड र नेपालद्वारा अस्वीकार

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच आज बिहान एमसीसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी पेश गर्ने बताएपनि प्रचण्ड र नेपालले भने केही समय पर्खिन आग्रह गरेको नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि लगाइएको महाभियोगबारे समेत छलफल भएको थियो ।

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ ।

संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

अवरूद्ध प्रतिनिधिसभा बैठक सुचारू र एमसीसीलाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकपछि सभामुख सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल हुन नरोक्ने बताउनुभएको थियो ।

129 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal