एमसिसीले नेपालको राजनीति जटिल मोडमा पुर्‍यायो: मुख्यमन्त्री पाण्डे

२०७८ फाल्गुन ७ गते, शनिबार

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमसिसीले नेपालको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन्।

७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अमेरिकाले नेपाललाई दिएको अनुदान (एमसिसी)को कारण नेपालको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका हुन्। तर‚ यसलाई समाधान गर्न सकिने उनले बताए।

‘एउटा देशले ल्याएको एमसिसीले हाम्रो देशको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको हामीले देखिरहेका छौं‚’ उनले भने‚ ‘हामीले यसअघि पनि शान्ति सम्झौतदेखि यस्ता धेरै कुरा मिलेर समाधान गरेका छौं। यसलाई पनि गर्छौं भन्ने विश्वास छ।’

मुख्यमन्त्री पाण्डेले तीन दलबाट बनेको गठबन्धनको प्रदेश सरकार नयाँ ढंगले काम गरिरहेको दाबी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा साइकल र्‍याली समेत गरिएको थियो ।

94 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal