मुस्लिम इत्तिहाद कपिलबस्तुको अध्यक्षमा मोहमद वसीम मुस्लमान

२०७८ फाल्गुन ७ गते, शनिबार

कपिलवस्तु । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तिहाद संगठन को कपिलवस्तु जिल्ला को पाचौं अधिवेशन बाट अध्यक्ष पदमा मोहमद वसीम मुसलमान लगायत ७१ सदस्यीय समिति गठन भएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले कपिलवस्तु का अध्यक्ष डम्मर शर्माले मुस्लिम समुदायको लागि नेकपा एमाले पार्टीले निरन्तर रुपमा काम गर्दै आएको बताए । नेपाल को विकास गर्न को लागि र आम जनताको हकअधिकार को लागि काम गरिरहेको छ ।

No description available.

२०७९ साल बैशाख महिना हुन गइरहेको स्थानीय चुनाव नेकपा एमाले पार्टी एक नम्बरको पार्टी बन्ने छ । नेपाल भरी रहेका दलित , जनजाति , मधेसी , पिछडा वर्ग र मजदुरहरुलाई अगाडि बढाउन को लागि नेकपा एमाले पार्टी लगेको छ ।

जिल्ला को सदरमुकाम मा नेकपा एमाले पार्टीको जिल्ला कार्यालय मा नेपाल मुस्लिम इत्तिहाद संगठन का वरिष्ठ उपाध्यक्ष मौलाना नियाज अहमद को अध्यक्षता र नेकपा एमाले का केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम इत्तिहाद संगठन को अध्यक्ष सराञ अहमद मुरुकी को प्रमुख आतिथ्यता मा कपिलवस्तु जिल्ला को ७१ सदस्यीय कार्यसमिति निर्माण भएको हो ।

No description available.

त्यसै गरी उपाध्यक्ष अकबाल अहमद दर्जी , सचिव अनवर मोहमद , सहसचिव सम्सुदिन नाउ, एउतेशाम खातुन , कोषाध्यक्ष मौलाना वसीम खान लगायत ७१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले को केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तिहाद संगठन को सह इन्चार्ज सजिदा सिद्विकी , बाबुराम खनाल , नेपाल मुस्लिम इत्तिहाद संगठन का केन्द्रीय सचिवालय सदस्य मैराज मुसलमान , हुसेन चौधरी , अब्दुल मावुद खान , निजामुद्दिन खां, रुकैया खातुन र हविवुल्लाह खान लगायत कपिलवस्तु जिल्लाको सबै स्थानीय तहको मुसलमानहरुको उपस्थिति रहेको थियो ।

441 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal