भारतद्वारा अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री प्रदान

२०७८ फाल्गुन ८ गते, आईतवार

एजेन्सी । निस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको समाचारसंस्था एएनआईले जनाएको छ ।

भारतले पठाएको सहयोग सामग्रीमा कपडा पनि समावेश गरिएको भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले जानकारी दिनुभएको एएनआईले जनाएको छ । उहाँले चाँडै खाद्य सहयोग पनि पठाउने बताउनुभयो ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन तर मानवीय सङ्कट बढ्दै गएपछि सहायता पठाउने क्रम चलिरहेको छ । भारतले अफगानिस्तानमा खाद्यान्न सहायता पनि पठाउन थालेको छ । अहिले अफगानिस्तानमा स्वास्थ्य सङ्कट बढ्नुको साथै खाद्य अभाव पनि चुलिएको बीबीसीले जनाएको छ ।

182 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal