एमसीसीमा पार्टीभित्रै विवाद देखिएपछि नेकपा एसले बोलायो सचिवालय बैठक

२०७८ फाल्गुन ९ गते, सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर पार्टीभित्रै फरक मत र विवाद देखिएपछि केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ ।

दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसको शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको छ ।

सम्मानित नेता झलनाथ खनाललगायतले स्थायी समितिले एमसीसी सदनमा टेबल गर्न दिने निर्णय नगरेको बताएका छन् भने नेपाल पक्षका नेताहरू एमसीसी टेबल गर्न दिने बताइरहेका छन् ।

आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न सहमति जनाएको भन्दै खनालले कडा प्रतिक्रिया जनाएका थिए । उनले सदनमा एमसीसी टेबल हुँदासमेत उठेर विरोध गरेका थिए ।

237 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal