स्काउटको “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली बन्नुभयो एमाले अध्यक्ष ओली

२०७८ फाल्गुन १० गते, मंगलवार

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान’ पदक प्राप्त गर्नुभएको छ ।
विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

नेपाल स्काउटका अनुसार ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ । प्रधानमन्त्रीकै रुपमा ओलीले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम नै सुरुआत गर्नुभएको थियो ।

नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

323 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal