एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाड

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाड बालकोट पुगेका छन् ।

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफूलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए ।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।

370 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal