बन्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२०७८ फाल्गुन ११ गते, बुधबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बञ्चरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् लाई पक्राउ गरेको छ ।

बञ्चरो प्रहार गरी २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

दाउरा चिर्ने विषयमा विवाद हुँदा जिवनले श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मृतकका श्रीमान् जिवनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

291 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal