सभामुख र कानूनमन्त्रीको छलफलपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।

नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । केहीबेरपछि सूचना टाँस हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

238 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal