गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै एक माओवादी नेताले भने, ‘सैद्धान्तिक रुपले पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिनसक्दा सम्म निरन्तरता दिने निर्णय भएको छ ।’

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डलाई एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

बैठकपछि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सकेसम्म गठबन्धनलाई जोगाउन पहल गर्ने निर्णय भएको बताए । उनले भने, ‘नेकपा माओवादी केन्द्रकै पहलमा गठबन्धन बनेकाले सकेसम्म गठबन्धन जोगाउन पर्छ भन्ने हाम्रो जोड रह्यो ।

126 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal