देउवा र नेपाल भेटवार्ता गठबन्धन: जोगाएर एमसीसी पारित गराउन लाग्नुपर्नेमा सहमत

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार मध्यान्ह अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए । एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयको भनाई छ । उनीहरुबीच एमसीसी पारित गराउन नयाँ विकल्पको खोजीबारे छलफल भएको थियो ।

स्रोतका अनुसार सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएको छ । अहिले नेपालसँगको छलफलपछि देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफल गरिरहेका छन् ।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेका हुन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

148 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal