दमकमा केपी ओली मेडिकल कलेज स्थापना गर्न प्रस्ताव

२०७८ फाल्गुन १४ गते, शनिबार

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा केपी ओली मेडिकल कलेज स्थापना गर्न प्रस्ताव गरिएको छ । पहिलो नगरसभाको १० औं बैठकमा दमकको जनघनत्व अत्याधिक बढेकोले विद्यमान स्वास्थ्य संरचनाले नथेग्ने भएकोले पूर्व प्रधानमन्त्री ओलीका नाममा मेडिकल कलेज सञ्चालन गर्ने प्रस्ताव गरिएको हो ।वडा नं ७ का वडा सदस्य धनेश्वर कार्कीले नगरसभामा आफ्नो मत राख्दै मेडिकल कलेज सञ्चालन गर्नका लगि जग्गाको प्रवन्ध गर्न नगरपालिकासँग माग गर्नुभएको छ ।

नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार दमकमा उच्च स्तरको अस्पतालको माग यस अघि देखि नै उठिरहेको बताउनुभयो । नगरसभामा केपी ओली मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आएको छ । त्यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौं । सरोकारवालाहरुसँग आगामी कार्ययोजनामा यो प्रस्तावका बारेमा थप छलफल चलाउछौं ।

सभामा उपप्रमुख अधिकारीले आर्थीक वर्ष २०७८/७९ का लागि संसोधित पुरक बजेट पेश गर्नु भयो । यस अघिको बजेटमा केन्द्र र प्रदेश सरकारले दिने अनुदानको रकम बढेकोले संसोधित पुरक बजेटको आकार बढेको उहाँले बताउनु भयो । आर्थिक वर्ष २०७८/७९ को कुल बजेट १ अर्व ३८ करोड ४५ लाख ९९ हजारबाट बढेर १ अर्व ६२ करोड ६५ लाख ६५ हजार कायम भएको उहाँले जानकारी दिनुभयो ।

१० औ नगरसभामा स्थानीय उद्योग प्रर्वधन विधयेक २०७८ र बस्ती विकास तथा जग्गा एकिकरण विधयेक २०७८ पेश भएको थियो । न्यायीक समिती, अनुगमन समिती, लेखा समिती, विधायन समिती र वेरुजु फर्छौट समिती, पूर्वाधार समिती , आर्थीक समिती र बजार अनुगमन समितीका प्रतिवेदनपनि सार्वजनिक गरिएको थियो ।

विधयेक र संसोधित पुरक बजेट अध्ययन गरेर फागनु १८ गते भित्रमा लिखित सुझाव राख्न नगरसभासदस्यहरुलाई समयसिमा तोकीएको छ । सुझावका आधारमा शुक्रबार पेष भएका विधयेक र पुरक बजेट फागुन २५ गते पारित गरिने प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिनुभयो ।

147 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal