स्थानीय तह जिताउने जिम्मेवारीसहित झापा एमालेका नेताहरुको जिम्मेवारी

२०७८ फाल्गुन १४ गते, शनिबार

झापा । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने कार्यभार सहित सहित पार्टीका विभिन्न नेताहरुलाई भूगोल र विभागको जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष दिपक कार्कीका अनुसार केही दिन अघि बसेको जिल्ला पार्टी सचिवालयको बैठकले १९९ जना नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । जसमा ४१ सदस्यीय सचिवालय गठन गरिएको छ । पार्टीका २३ वटै फाँटका इन्चार्ज तथा सहइन्चार्ज तोकिएको छ । सबै १५ वटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्जहरु पनि तोकिएको छ ।

कार्कीका अनुसार जुन नेताको जुन क्षेत्रमा दक्षता छ त्यसै अनुसारको जिम्मेवारी दिइएको छ । ‘कार्य विभाजनमा सबै नेताहरुलाई समान जिम्मेवारी दिइएको छ । उहाँहरुको सबैको जिम्मा भनेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने हो,’ कार्कीले भन्नुभयो ‘झापा एमालेका नेताहरु अब नयाँ जोश र जिम्मेवारीका साथ निर्वाचन अभियानमा होमिन्छन् ।’

पार्टीका २८ वटा विभागको जिम्मेवारी पनि विभन्नि नेताहरुलाई दिइएको छ । पार्टीको शक्तिशाली विभाग संगठन विभागको प्रमुख सचिव शिव ढुंगलले पाउनुभएको छ । यस्तै स्थानीय तह विभाग प्रेम गीरीलाई दिइएको छ ।

निर्वाचन विभाग चन्द्रा श्रेष्ठ र वित्त तथा कोष व्यवस्थापन विभाग गणेश बस्नेत, प्रचार विभाग प्रमुख गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ । यसैगरी पार्टी स्कूल विभाग नेत्र दाहाल, सहकारी तथा गरिवी निवारण विभाग नारायण भट्टराई, अर्थ तथा योजना विभाग गणेश ढकाल र ऊर्जा जलश्रोत तथा सिँचाइ विभागको प्रमुख दुर्गामणि बस्नेत, स्वास्थ्य तथा जनसंख्या विभागमा प्रोमिस गीरीलाई जिम्मेवारी दिइएको छ ।

138 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal