सुखी नेपालीको राष्ट्रिय आकांक्षापूरा गर्ने काममा गोलबन्द हुन ओलीको अपिल

२०७८ फाल्गुन १९ गते, बिहीबार

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसाँस्कृतिक विशेषताहरु मौलिक पुँजी भएको बताउनुभएको छ । ग्याल्पो ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एकता र सहिष्णुताको यस विशेषतालाई देश निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘हाम्रो संविधानले विविध भाषा,संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ एमाले अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ‘विभिन्न समुदायका धार्मिक तथा साँस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा,लिपी,धर्म,संस्कृति सम्पदाको संरक्षण गर्दै आएको छ । ’

नेकपा एमालेले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई लक्ष्य बनाएर अगाडि बढिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ । अध्यक्ष ओलीले ग्याल्पो ल्होसारको अवसरमा भन्नुभएको छ ‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन म यस सुखद् अवसरमा सबैमा हािर्दक अनुरोध गर्दछु । ’

239 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal