आफ्नै रेकर्ड तोड्दै सरकार, फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ, इतिहासकै उच्च

२०७८ फाल्गुन २० गते, शुक्रबार

काठमाडौं । नेपाल सरकारले आफ्नै रेकर्ड आफै तोडेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको निगमका सह प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो । यो पेट्रोलियम पदार्थको भाउ अहिलेसम्मकै उच्च हो । आयल निगमले एकैपटक पेट्रोलियम पदार्थमा प्रतिलिटर मूल्य ५ रुपैयाँले बढाएको हो ।

निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर पाँच रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र) मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य १५०, र १३३ रुपैयाँ कायम गरेको छ । निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पनि नेपाल–भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रुपैयाँ २४ पैसा र डिजेल १७ रुपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ । निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत् प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत राख्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

106 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal