एमाले अध्यक्ष ओली भोलि गृहजिल्ला झापा जाँदै

२०७८ फाल्गुन २० गते, शुक्रबार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुखानी स्मृति दिवसका अवसरमा भोलि गृहजिल्ला झापा जाने भएका छन् ।

एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार शनिबार बिहान साढे ९ बजे अर्जुनधारा नगरपालिकास्थित सहिद सुखानी सहिद स्मारकमा गएर माल्यापर्ण गर्ने कार्यक्रम छ ।

यस्तै, साढे ११ बजे कमल गाउँपालिका वडा नम्बर ६ खयरबारीमा रतुवा–मावा तटबन्धको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी दिउँसो साढे १२ बजे बिर्तामोडको सिपी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसलगत्तै साढे १ बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साइ पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका छ ।

त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौँ झापा गोल्डकप समुद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली शनिबार साँझ ६ बजे काठमाडौँ फर्कने कार्यक्रम छ ।

262 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal