माओवादी केन्द्रीय समिति बैठक बस्दै

२०७८ फाल्गुन २३ गते, सोमबार

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्दै छ । बैठक बिहान ११ बजे अनुपम फुडल्यान्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारदेखि सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेन्डामा छलफल हुने उनले बताए ।

माओवादीले पदाधिकारीसँगै स्थायी समिति चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुने छ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

106 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal