काँग्रेसले थाल्यो ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान

२०७८ फाल्गुन २४ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरेर देशभरका स्थानीय तहसम्म केन्द्रीय नेताहरु खटाउने भएको छ।

‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गरेर कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा केन्द्रीय नेताहरु खटाउने भएको हो। त्यसका लागि कांग्रेसले ७७ वटै जिल्लाहरुमा पदाधिकारी र केन्द्रीय सदस्यहरु खटाएको छ।

केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सानेपा बोलाएर निर्देशन दिएका छन्।

कांग्रेसले जिल्ला–जिल्लामा खटाइएका प्रतिनिधिहरुको नाम बुधबार सार्वजनिक गर्ने बताइएको छ। उनीहरुलाई फागुन २७ गते नै सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिइएको छ।

जिल्ला जाने केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुन अघि र सुरु भइसकेपछि अनिवार्य रुपमा सवै स्थानीय तहमा पुग्न भनिएको छ।

‘केन्द्रीय प्रतिनिधिहरु अभियान सुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ,’ केन्द्रीय प्रतिनिधिलाई बाँडिएको पत्रमा भनिएको छ, ‘अभियान सुरु हुन अघि र सुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सवै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ।’

कांग्रेसले सभापति देउवाद्वारा हस्ताक्षरित केन्द्रीय प्रतिनिधिहरुले जिल्लामा सम्पादन गर्ने कामको सूचीसहितको पत्र पनि दिएको छ।

292 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal