१२औं कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा सफल बनाउन मिडिया संग छलफल

२०७८ फाल्गुन २४ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले १२ औं कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा पत्रकारसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ भन्ने उद्देश्यमा केन्द्रित रहेर संघले आज मंगलबार पत्रकारसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सो क्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले महोत्सवको तयारीको कामलाई तीब्र गतिमा अघि बढेको जानकारी दिनुभएको थियो । यही चैत्र ३ देखि १३ गतेसम्म हुने महोत्सवको करिब ४० प्रतिशत काम सम्पन्न भईसकेको उहाँको भनाई छ ।

निर्देशक मगरका अनुसार महोत्सव स्थल वरिपरी कम्पाउण्ड लगाउने काम सम्पन्न भईसकेको छ भने स्टलहरु बनाउने काम धमाधम चलिरहेको छ । महोत्सव स्थललाई थप आकर्षक बनाउनका लागी सुन्दरीकरणको लागी काम भईरहेको उहाँले बताउनुभयो । उहाँले महोत्सव स्थलमा राखिने बुद्धको मूर्ति, शिवको मूर्ति तथा गुम्बा बनाउने काम सम्पन्न भईसकेको बताउनुभयो । यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष उमानाथ पौडेलले महोत्सवलाई उत्कृष्ट बनाउन पत्रकारको विगतमा साथ सहयोग रहदै आएको र अहिले पनि उक्त साथ मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले महोत्सवको प्रचारप्रसारमा सबै मिडिया हाउसलाई तीब्रता दिन आग्रह समेत गर्नुभएको थियो । यता पत्रकारहरुले पनि महोत्सव आफु सबैहरुको मान प्रतिष्ठानसंग समेत जोडिएको भन्दै सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय स्तरका उत्पादनलाई महोत्सवमा प्रदर्शन गर्दै व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने आयोजकको तयारी छ ।

विभिन्न जातजातीको कला, संस्कृति, भेषभूषालाई संरक्षण, संवद्र्धन गर्दै सबैको साँझा महोत्सवको रुपमा विकास गरिने बताईएको छ ।

आयोजकले महोत्सवमा दुई लाख बढी दर्शक उतार्ने दाबी गर्दै आएको छ । यस्तै १०औं कपिलवस्तु डान्स आईडलको तयारी पनि तीब्र गतिमा अघि बढिरहेको छ । जिल्लामा रहेका उत्कृष्ट नृत्यकर्ताहरुलाई महोत्सवमा ल्याई प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

178 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal