संखुवासभामा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

२०७८ फाल्गुन २६ गते, बिहीबार

काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तिमा बस दुर्घटना भएको हो ।
बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पुष्टि गरे ।

अहिलेसम्म १४ जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ । म पनि घटनास्थल जादैछु। सशस्त्र प्रहरी र प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ।’ बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको थियो ।
घाइते ५ जनाको उद्धार गरी थप उपचारको लागि हेलिकप्टरबाट धरान लैजान लागेको उनले बताए । उनका अनुसार मृतकको अझै पहिचान खुल्न सकेको छैन ।
बसमा कति जना थिए भन्ने खुलिसकेको छैन ।

105 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal