एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछ: प्रधानमन्त्री देउवा

२०७८ फाल्गुन २६ गते, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।

पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।

‘एमसीसीबाट आउने रकम ऋण होइन अनुुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’

उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

221 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal