एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

२०७८ फाल्गुन २६ गते, बिहीबार

बैतडी । नेकपा (एमाले)बाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

चन्दलाई कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभयो ।

यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाई पनि सह–महामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गर्नुभयो ।

कांग्रेस प्रवेश परेकी उपाध्यक्ष चन्दले एमाले पार्टीमा भ्रष्ट चरित्र मौलाएको कारण कांग्रेस प्रवेश गरेको बताउनुभयो । चन्दले एमालेलाई सामन्तवादी पार्टीको संज्ञासमेत दिनुभएको छ ।

309 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal