रोल्पा माओवादीमा पहिरो: केन्द्रिय सदस्य सहित ६३ जना एमाले प्रवेश

२०७८ फाल्गुन ३० गते, सोमबार

चिन्तामणि शर्मा पौडेल, रुकुम । नेकपा माओवादी केन्द्रले पछिल्लो समय एकपछि अर्को धक्का खादै गएको छ। माओवादी आन्दोलनको केन्द्रविन्दु मानिने रुकुम र रोल्पामासमेत एमालेले माओवादी कार्यकर्ताहरु तानिरहेको छ।
पश्चिम रुकुमको जाजरकोटसंग सीमा जोडिएका क्षेत्रवाट खासगरी दलित समुदायका व्यक्तिहरुले माओवादी पार्टी छोडेका समाचार आईरहेको वेला रोल्पाको रुन्टीगढी गाउँपालिकावाट ठूलो संख्यामा माओवादीका कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।


माओवादीका पूर्व केन्द्रीय सदस्य ज्ञानु पुन, माओवादीका प्रभावशाली नेता होमबहादुर घर्तीसहित करिब ६३ जनाले आईतवार नेकपा (एमाले) प्रवेश गरेका छन् । एमाले रुन्टीगढी गाउँपालिकाद्वारा डाफ्ला भन्ने स्थानमा आयोजित पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानका क्रममा उनीहरूले माओवादी केन्द्र परित्याग गरि एमालेको सदस्यता लिएका हुन ।

नवप्रवेशी नेताहरूलाई एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह(इन्चार्ज कुमार दसौदी, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह(इन्चार्ज ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढालगायतका नेताहरूले स्वागत गरेका थिए।

218 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal