कांग्रेस माओबादी परित्याग गरि दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश

२०७८ चैत्र ४ गते, शुक्रबार

नुवाकोट । नेकपा (एमाले) ककनी गाउँपालिका वडा नं ७ पार्टी कमिटी द्वारा आयोजित नेपालीहरूको महान पर्व होलि पर्वको विशेष उपलक्ष्य एंब पार्टी प्रवेश कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष एबं बागमती प्रदेशका पुर्ब मन्त्री माननीय कमरेड बद्री मैनाली ज्यूको प्रमुख आतिथ्यतामा विशेष अतिथि,अतिथिहरूका उपस्थितिमा भव्य रुपमा सम्पन भएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओबादी(केन्द्र),र राप्रपा पार्टी परित्याग गरि ५० जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि मैनालीले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ककनीलाई एमालेमय बनाउनको लागि अब लाग्नु पर्ने बताए ।

साथै कार्यक्रममा बागमती प्रदेशका सदस्यहरु,एमाले नुवाकोटका जिल्ला उपसचिव काशीराज अधिकारी,जिल्ला सदस्य र गाउपालिकाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

301 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal