अस्तित्व जोगाउन प्रचण्ड र नेपाललाई कांग्रेससंग गठबन्धन नभई नहुने

२०७८ चैत्र ७ गते, सोमबार

काठमाडौँ । गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी। स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नो हातमा सत्ता लिन कांग्रेससहित पाँच दलको गठबन्धन बनेको थियो। एमसीसी अनुमोदन गर्ने निर्णयसँगै यो टिमबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। आगामी चुनावसम्म चार दल मिलेर अघि बढ्लान् कि नबढ्लान् भन्नेमा अन्योल कायमै छ।

सिंहदरबारको चाबी कांग्रेसलाई सुम्पेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाउन गठबन्धन नभई नहुने देखिन्छ। सहकार्य टुट्ने त्रासकै कारण उनीहरूले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न साथ दिए।

तर, कांग्रेसले साथ लिएरै चुनावमा जानेमा ढुक्क देखिँदैनन्। ​भित्रीरूपमा काँग्रेस गठबन्धनको पक्षमा छैन। तर, ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्न देउवा पक्ष गठबन्धन भत्काउन चाहँदैन।

देउवाले दाहाल र नेपाललाई ‘लतारेरै’ एमसीसी अनुमोदनमा सहमत गराए। निर्वाचनमा त्यसरी नै लैजान चाहन्छन् देउवा। दाहाल र नेपाललाई एमालेसँग नजिक हुन नदिने रणनीति देउवाको छ।​

278 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal