करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै,

२०७८ चैत्र ८ गते, मंगलवार

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौं नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दैछन् । पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन् ।

दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरुलाई स्वागत गर्नेछन् ।

चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।

दिक्तेलमा एमालेको चुनावी जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ। आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

५ चैतमा बसेको एमाले जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन,

देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरेको छ।

एमाले अध्यक्ष ओली हेलीकोप्टरबाट हलेसी आउने, हलेसी दर्शन घुमफिर गर्ने तथा गाडीबाट दिक्तेलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए।

256 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal