महिला च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित

२०७८ चैत्र ८ गते, मंगलवार

काठमाण्डौ । १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि पराजित भएको छ ।

पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो । हिजो बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गर्यो ।

भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि बङ्ग्लादेशसँग खेल्नेछ ।

भारत ३ खेलमा ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बङ्ग्लादेश ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेशको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

283 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal