एमालेद्वारा लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा माग

२०७८ चैत्र १६ गते, बुधबार

बुटवल । बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारको मिलोमतो भएको आरोप लागउँदै मुख्यमन्त्रीको राजीनामा मागेको छ। एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले आज बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारको नै मिलेमोतो रहेको आरोप लगाउँदै मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो।

आर्थिक मिलेमतो रहेको आशंका गरिएको र सोहीअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएपछि उक्त मिलेमतो पुष्टि भएको एमालेको दाबी छ । अव मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले बताए ।

335 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal