मायाको परिभाषा दिदै गायक तथा सर्जक गणेश अधिकारी

२०७८ चैत्र १८ गते, शुक्रबार

काठमाण्डौ । पछिल्लो समय बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

सोहि क्रममा योग्सना डिजिटलको प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ‘माया भनिन्छ’ गितको अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ । चर्चित लोक दोहोरी गायिका सुनिता वुढा क्षेत्री र लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारीको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक अधिकारीकै उत्कृष्ट लय शब्द सृर्जन रहेको छ । प्रेममा धोका खाएका मायालु जोडीहरुको कहानी गितमा दर्शाईएको छ ।
बन जलेको समाचार छापियो
मन जलेको देखेनौ पापीहो
पागल वनिन्छ
हसाई हसाई रुवाऊने चिजलाई माया भनिन्छ
निकै मार्मिक र मर्मस्पर्शी शब्द र भावले सृजित गितमा अधिकारीले चोखो माया गर्दा पनि धोका पाएको कथाबस्तु चित्रण गरेका छन् । सर्जक अधिकारी पछिल्लो समयका अत्यन्तै व्यस्त गायक एवम् सर्जकको रुपमा परिचित छन् । अभाव, पासपोर्ट हरियो, वलिदान, चिहान, असल साथी, पिडाको राजधानी, तल्लो जातैको, डोको बोकेर, साचो मायाको, एयरपोर्टमा छु, शास्त्र, पैताला, देऊ न राधा देऊ, कहानी, आफ्नै खाने हो कर्म त, मेरो बहिनी पियारी लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार साया भण्डारी र गणेश अधिकारीको मनछुने अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट कथाबस्तुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायांकन एवम् शिव पौडेलको सम्पादन गरेका छन्, गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट र मार्मिक वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Yogsana Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

233 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal