देउवा र मोदीले गरे सोलु करिडोर प्रसारण लाइन उद्घाटन

२०७८ चैत्र १९ गते, शनिबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन जोड दिएको बताएका छन्।

भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले यो परियोजना यो क्षेत्रको विकासका लागि गेम चेन्जर हुने बताए।

देउवालाई नेपालका परिपक्व प्रधानमन्त्री भनेका मोदीले उनले नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायउने विश्वास व्यक्त गरे।

मोदीले कुनै पनि अवाञ्छित तत्वले नेपाल र भारतको भूमि प्रयोग गरेर गतिविधि गर्न नपाओस् भन्नेमा आफूहरु सचेत रहेको बताए। मोदीले नेपालको शान्ति, विकास र प्रगतिमा भारत सधैं साथमा रहेको पनि बताए।

नेपाल र भारतबीच द्वीपक्षीय वार्ता शुरु

नेपाल र भारतबीच द्वीपक्षीय वार्ता शुरु भएको छ । शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता शुरु भएको हो । बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गरेका छन् ।

बैठकमा नेपाल-भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने जनाइएको छ । हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना हुँदैछ ।

वार्तापछि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर जनकपुर-जयनगर रेल सेवाको शुभारम्भ गर्दैछन् । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा टिप्पणी गरेका छन् ।

उनले दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल भएको बताएका छन्। प्रधानमन्त्री देउवा र मोदीबीचको भेटले दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ ।

322 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal