राप्रपा बाणगंगा नगर कार्यसमितिको महत्वपूर्ण निर्णय सहित बैठक सम्पन्न

२०७८ चैत्र २२ गते, मंगलवार

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगरकार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक बाणगंगाको ४ नम्बर जितपुरमा सम्पन्न भएको हो । बैठकले ११ वटै वडाबाट प्रतिनिधित्व रहेको भिष्म ढुङ्गानाको संयोजकत्वमा १५ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति बनाएको छ । यस्तै बैठकले नन्दु राज रानाको संयोजकत्वमा ६ सदस्यीय आर्थिक समिति, राजेन्द्र बिक्रम शाहको संयोजकत्वमा भोज राज आर्चायसहित ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । यहि बैशाखको पहिलो हप्तासम्म ११ वटै वडा र नगरमा चुनाव प्रचार सम्पर्क कार्यालय खोल्ने बैठकले निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझिले राप्रपाको एजेन्डा र नेतृत्व प्रति आम मानिसको आकर्षण बढ्दै गएको बताउँदै युवाहरु नै आफै खोजि खोजि पार्टि प्रबेश गरेको बताउनुभयो ।

केन्द्रिय सदस्य रायमाझिले अब अन्य पार्टीको बिकल्प राप्रपा मात्र रहेको दाबी गर्नूभयो । उहाँले राप्रपाका बिचार जनताको घरदैलोसम्म पुग्ने हो भने पार्टिको जितलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो । केन्द्रिय सदस्य रायमाझिले आजदेखि नै पार्टीको कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन समेत दिनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले एमसीसी राष्ट्रियताको बारेमा अरु पार्टीले दोहोरो चरित्र देखाएको बताउँदै उक्त कुरा जनतालाई बुझाउन पर्ने बताउनुभयो । उहाँले स्थानिय तहमा भएका भष्ट्रचारलाई उजागर गर्न निदेशन दिनुभएको छ । बैठकमा राप्रपाका नेता डा. माघव पन्थीले नेपाली काग्रेसले बि.पि. को बिचार र सिद्धान्त छोडेर खाली सत्ताको लागि कम्युनिष्टको पिछुलगु भएको आरोप लगाउनुभयो । उहाँले कांग्रेसको आफ्नै छुटै पहिचान नभएकोले आफु राप्रपामा प्रबेश गरे स्पष्ट पार्नुभयो ।

उक्त बैठकमा राजेन्द्र बिक्रम शाह, भिष्म ढुङ्गाना, भोज राज आर्चाय लगायतले अ–आफ्नो भनाई राखनु भएको थियो । सोही बैठकमा बाणगंगा पार्टि प्यालेसका संचालकसहितले पार्टिको सदस्यता लिई राप्रपाको अभियान सहभागी हुनु भएको छ । बैठक राप्रपा बाणगंगाका नगर अध्यक्ष गिरिराज कँडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन नबराज घिमिरे गर्नु भएको थियो ।

260 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal