कपिलवस्तुको विजयनगरमा एमालेले अध्यक्षमा थापालाई फेरी उठाउने

२०७८ चैत्र ३० गते, बुधबार

कपिलवस्तु । नेकपा एमाले विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारका लागि सर्व सम्मत नाम सिफारिस गरेको छ ।

एमाले विजयनगर गाउँ कमिटीले मंगलवार अध्यक्ष तथा उपाध्यक्षको नाम सिफारिस गरेको छ । हिजो बसेको एमाले विजयनगर कमिटीको पुर्ण बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षमा गोपाल बहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरीको नाम सिफारिस गरेको छ ।

थापा नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा विजनगर इन्चार्ज र चौधरी जिल्ला कमिटी सदस्य हुन् । दुबै जना गत चुनावमा नेकपा एमाले बाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

175 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal