गठबन्धनमा विद्रोह उपमहानगरमा उम्मेदवार घोषणा

२०७९ बैशाख ४ गते, आईतवार

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले अलग्गै उम्मेदवारी घोषणा गरेको छ ।

मोहन विक्रम सिंह र चित्र बहादुर केसीसँग असहमत पक्ष सम्मिलित केन्द्रीय समन्वय समिति आबद्ध जनमोर्चाले घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको हो ।सो समूहले मेयरमा लीलाबहादुर पुन (लाल ध्वज) र उपमेयरमा बसन्ता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाको संस्थापन पक्ष भने पाँच दलीय गठबन्धनमा छ । बागलुङ,प्युठान,दाङ लगायतका जिल्लामा राष्ट्रिय जनमोर्चाको विद्रोही पक्षले अलग्गै चुनाव लड्ने तयारी गरेको छ ।

बागलुङमा संस्थापनभन्दा बलियो रहेको सो समूहले एमालेसँग पनि छलफल गरिरहेको छ ।अहिलेसम्म विद्रोही पक्षले पार्टी विभाजन गरेको छैन ।उनीहरूले समानान्तर कमिटीहरू गठन गरिरहेका छन् ।

144 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal