पाँचथर काँग्रेसको कार्यालयमा तालाबन्दि

२०७९ बैशाख ११ गते, आईतवार

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह जिल्ला पाँचथरको कांग्रेस कार्यालयमा भने तालाबन्दी भएको छ ।

सदरमुकाम फिदिमको शनिवारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन् ।

पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एक्लौटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताएका छन् ।

पाँचथरमा पार्टी सभापति रुपनारायण जबेगू छन् । उनले आफू निकट पार्टी सचिव दीपक नेपालले सञ्चालन गर्दै आएको होटल मनश्वीमा हरेक कार्यक्रम गर्दै आएका छन् ।

जसका कारण पार्टी कार्यालय सुनसान हुने गरेको र प्रायः पार्टीको कार्यक्रमदेखि हरेक गतिविधि मनश्वी होटलबाटै सञ्चालन हुँदा असन्तुष्ट भएर तालाबन्दी गर्न बाध्य भएको तामाङले स्पष्ट पारे ।

जिल्ला सभापति जबेगू र सचिव नेपाल पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

126 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal