विराटनगर महानगरमा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवार
२०७९ बैशाख १२ गते, सोमबार

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरको मेयरको उम्मेदवार सागर थापालाई बनाउने निर्णय गरेको छ।
एमाले विराटनगर महानगरका अध्यक्षसमेत रहेका थापालाई प्रमुख पदमा उठाउने निर्णय भएको एमाले नेता हिक्मत कार्कीले बताए।
यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ। उनी एमाले नगर समितिका उपाध्यक्ष हुन्।
एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नामसमेत सुझावका रूपमा थप्दै केन्द्रीय कमिटीमा सिफारिस गरेको एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय कमिटीले गर्ने अधिकार थियो।
131 Views