लुम्बिनी मेडिकल कलेजको ५ औँ तलाबाट हाम फालेर मृत्यु

२०७९ बैशाख १५ गते, बिहीबार

बुटवल । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताए ।

वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएको थियो । उनलाई थप उपचारका लागि आफ्न्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए ।

उपचारका क्रममा सोमईले अस्पतालको तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताए ।

270 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal