वडामा शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्छुः वडाध्यक्षका उम्मेदवार थापा

२०७९ बैशाख १६ गते, शुक्रबार

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं.५ को अध्यक्षका लागी उम्मेदवारी दर्ता गराउनुभएका रोमबहादुर थापाले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्ने बताउनु्भएको छ । नेकपा एमालेबाट वडाध्यक्षका लागी उम्मेदवार बन्नुभएका थापाले वडाको विकास एवम् समृद्धिका लागी आफ्नो जित आवश्यक रहेको बताउनुभयो । ‘वडामा शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्छु, त्यसैका लागी मेरो उम्मेदवारी हो । सदैव वडावासी हितका लागी काम गर्ने गरि अघि बढ्ने छु ।’ उहाँले भन्नुभयो । वडालाई भ्रष्टाचार मुक्त बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागी पर्ने उहाँको भनाई छ ।

अनेक चुनौतिका बावजुत चुनावी मैदानमा उत्रिएको र पार्टीले आफुमाथि गरेको विशवासलाई कायम राख्दै वडावासीको समस्यालाई समाधान गर्ने उहाँले बताउनुभयो । ‘विगतको ५ वर्ष वडा जुन गतिमा अघि बढ्नुपर्ने थियो, त्यसरी अघि बढ्न सकेन्, त्यसको कारण असक्षम नेतृत्व नै हो । अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ, वडावासीले मलाई साथ दिने छन् ।’ उहाँले भन्नुभयो ।

उहाँले वडामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने, वडाभित्र रहेको ९ वटा विद्यालयमध्ये एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने, २० युनिट भन्दा कम विधुत खपत गर्ने गरिब, विपन्न परिवारलाई निशुल्क प्रदान गर्ने, ५ बर्षभित्र एक घर एक धाराको अवधारणा पुरा गर्ने, वडाभित्र रहेका हरेक विद्यालयका ५ गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृतिको व्यवस्था गर्ने जस्ता कार्य आफ्नो पहिलो प्राथमिकतामा पर्ने उहाँको भनाई छ । वडा नं।५ मा नेपाली कांग्रेसले गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको थियो । अहिले त्यो नतिजालाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो । थापा पछिल्लो समय कुशल युवा नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

वडावासीको आवश्यकता एवम् अपेक्षालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उहाँले प्रतिवद्धता जनाएका छन् । वडावासीको माँझमा लोकप्रिय रहेनुभएका उहाँ सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिनुहुन्छ । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सडक, विद्युत, कृषि, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उहाँले जिकीर गर्नुभयो ।

उहाँले वडावासीलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन आह्वान समेत गर्नुभएको छ । उहाँले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताईन्छ । उहाँ वडाध्यक्षको बलियो दाबेदार रहेको बताईएको छ ।

285 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal