कञ्चनमा एक युवतीद्वारा आत्महत्या

२०७९ बैशाख २१ गते, बुधबार

रुपन्देही । रुपन्देहीको कञ्चन गाउपालिकामा एक जना युवतीले आफ्नै घरको पंखामा डोरीले पासो लगाएर आत्महत्या गरेका छन। ईलाका प्रहरी कार्यालय, रुद्रपुरले दिएको जानकारी अनुसार कञ्चन गाउपालिका वडा नं. ३ जिग्निया बस्ने अन्दाजी २१ बर्षकी स्वस्तिका आचार्यले बुधवार बिहान करिब ६.३० बजेको समयमा आफ्नै घरको कोठा भित्र रहेको सिलिंग पंखामा सलको डोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेका हुन।
यही २३ गते शुक्रवार जापान जानको लागि आजै बुधवार काठमाण्डौ जाने भनेर तयारी गरेकी आचार्यले एक्कासी किन आत्महत्या गरिन भन्ने कुरा कुनै यकिन नभएको र उक्त घटनाबारे आवस्यक अनुसन्धान हुने ईलाका प्रहरी कार्यालय, सालझण्डीले जानकारी गराएको छ। मृतकको साथमा अनुसन्धानलाई सहयोग पुग्ने कुनै प्रमाण नभेटिएको र पोष्टमार्टमका लागि मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको ईलाका प्रहरी कार्यालय, सालझण्डीले जानकारी गराएको छ।

1425 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal