थप ६ जनामा कोरोना संक्रमण, ८ जना डिस्चार्ज

२०७९ जेष्ठ ४ गते, बुधबार

काठमाडौँ । आज थप ६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार २८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ४७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ९ सय २९ जना रहेको छ। पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

201 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal