धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

२०८० जेष्ठ ६ गते, शनिबार

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट लागूऔषधसहित २२ वर्षीय दिनेश अर्खाली मगर पक्राउ परेका हुन् ।

उनी ४ ग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । चुरे गाउँपालिका–५ खानिडाँडाका मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको बताइएको छ ।

33 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal