विशेष अभियानमा छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने

२०८० जेष्ठ १२ गते, शुक्रबार

काठमाडौँ । अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने छ ।

सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभए पनि नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइने भएको छ ।

५ वर्षमुनिका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप दिइनेछ । खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ ।

39 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal