रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
२०८० जेष्ठ १६ गते, मंगलवार

काठमाडौँ । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।
15 Views