देशको जिम्मा माओवादीले लिन्छ : विप्लव

२०८० आश्विन २९ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे ।

देशलाई दुःख परेको छ । जनतालाई दुःख परेको छ । पहिले पनि युद्धबाट माओवादीले जवाफ दिएको छ’, उनले भने, ‘अहिले पनि देशको जिम्मा माओवादीले नै लिनुपर्छ । कम्युनिस्टहरूले लिनुपर्छ । समाजवादी मोर्चाले लिनुपर्छ । समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो । कम्युनिस्टहरूले हो ।’

अहिले देशको राजनीति जटिल मोडमा पुगेको भन्दै आफूहरूले सचेतापूर्वक जिम्मा लिएर जवाफ दिने उनले जिकिर गरे ।

37 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal