रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु
२०८० कार्तिक २२ गते, बुधबार

धादिङ । धादिङको सल्यान्टारमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्। बा ५० प ७१३८ सीभीआर होण्डा मोटरसाइकल रोकिराखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ बस्ने रोशन परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सन्दीप श्रेष्ठ घाइते भएका छन्।
4 Views