मोरङ आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

२०८० मंसिर २१ गते, बिहीबार

विराटनगर : विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको कबाड गोदाममा बुधबार दिउँसो आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

दुई जनाको घटानस्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएकाे हाे। 

 दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा गएराति ८ बजे मृत्यु भएको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

13 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal